१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीबाट इलाम २ को उम्मेदवारमा चार जनाको नाम सिफारिस

उम्मेदवार सिफारिसमा परेका नेताहरू क्रमशः धिरेन शर्मा रमण, उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि चार जनाको नाम जिल्लाबाट सिफारिस गरेको छ।

माओवादीले पार्टी केन्द्रीय सदस्य धिरेन शर्मा रमण तथा प्रदेश कमिटी सदस्यत्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

केन्द्रीय सदस्य रमणले प्रदेशले यी नाम केही दिनमा केन्द्रमा पठाउने र केन्द्रले त्यसलाई अन्तिम रूप दिने जानकारी दिए। ‘कति दिनभित्रमा उम्मेदवार टुंगो लाग्ने भन्ने यकिन चाहिँ छैन,’ उनले भने, ‘सम्भवतः चाँडै हुनेछ।’

उनले सत्ता गठबन्धन दलहरूले अहिले पार्टीबाट एक्ला एक्लै उम्मेदवार घोषणा गरिरहँदा एक्लै निर्वाचनमा जाने अवस्था देखिएपनि अरू दलसँग पनि छलफल जारी नै रहेको पनि बताए। ‘अहिलेको उम्मेदवार सिफारिस र घोषणाले त गठबन्धनका दलहरू निर्वाचनमा एक्ला एक्लै जाने देखिन्छ तर गठबन्धनको उम्मेदवार साझा बनाउनेबारे केन्द्रमा कुरा भइरहेको छ,’ उनले भने, ‘यो विषय जिल्लाले टुङ्ग्याउन नसक्ने भएकाले केन्द्रले जे गर्छ, त्यसैअनुसार हुनेछ।’

प्रकाशित: १३ चैत्र २०८० १९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App