१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गगनको रास्वपा लक्षित टिप्पणी: नेपाली राजनीतिमा छट्टुहरू हाबी भए

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोप समेत लगाए। उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको सुनाए। झुक्क्याउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो।

‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले। छट्टुहरू त आउँछ, लटरपटर पार्छ। झुक्याउँछ। अलपत्र यसो रङरोगन गर्छ, जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन। हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन। हामीलाई गति भएको मान्छे पनि चाहियो। गति र मति दुवै भएको मान्छे चाहियो। मति छ गति छैन, गति छ, मति छैन। हामीलाई त गति र मति दुई वटै चाहियो। किनकि यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ। हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ। हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ। हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ। त्यसलाई ठिक गर्नैपर्छ।’

महामन्त्री थापाले कांग्रेस भित्र पनि मति बिग्रेका नेताहरु भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने स्वीकार गरे।

प्रकाशित: १३ चैत्र २०८० १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App