१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर पैसा फिर्ता गरिन्छ: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरि सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताएका हुन्। 

उनले भने, ‘सरकारी वार्ता टोली र सहकारपीडितको वार्तामा सहमति भएको छ। सहमति कार्यान्वयनमा आउँछ।’ देशभरिका सहकारपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो। सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताएका हुन्। 

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनलाई छिट्टै पक्राउ पर्ने बताए।

सरकारले गरेका कामको नतिजा पूर्णरूपमा आउने उनको भनाइ थियो। लामिछानेले भने, ‘काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो। निर्दोष नफसोस् दोषी नउभ्भियोस भन्ने प्रधानमन्त्रीको निर्देशन छ। त्यहीअनुसार काम हुन्छ।’  प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए।

फरक प्रसङ्गमा बोल्दै लामिछानेले चेपाङ समुदायका लागि राज्यको उपस्थिति हुने गरी सरकारले काम गर्ने बताए। विज्ञहरू र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यस वर्ष बजेटमै राखेर काम गर्न लागिएको लामिछानेले बताए। जनताको दुःखमा राज्य पुग्नुपर्ने उनको भनाई थियो। रासस

प्रकाशित: ११ चैत्र २०८० १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App