१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारलाई पैसाको अभाव होइन,पुँजीगत खर्च गर्ने क्षमताको कमी छः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्। 

उनले सरकारसँग अहिले प्राप्त मात्रामा पैसा रहेको बताए। उनले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताए। अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको उनले बताए। अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताए।

सरकारलाई विदेशी विकास साझेदारहरुले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको उनको भनाइ छ। उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिएपनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए। प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा उनले जोड दिए। उनले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि अहिले ७ प्रतिशतमा सिमित रहेको बताए। उनले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताए।  

प्रकाशित: ७ चैत्र २०८० १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App