१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक अहिले बिहान ११ बस्ने छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

सचिवालयका अनुसार आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ।

त्यसअघि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्र्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रकाशित: ७ चैत्र २०८० १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App