१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

मंगलवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजमार्ग सम्बन्धि राखेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले मध्यपहाडी राजमार्ग कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९९ सय ६० किलोमिटर डेडिकेट दोब्बर लेनको स्तरोन्नती भइसकेको बताए। उनले जसमा १३७ पुलमध्ये ३३ पुल निर्माण सम्पन्न भइसकेको भन्दै राजमार्गका आवश्यक स्थानमा अग्ला पुलहरु निर्माण गरी राजमार्गलाई छोटो र सहज बनाउने विषयलाई सरकारले उच्च प्राथमितामा राखेको बताए।

उनले निर्माण सम्पन्न भएपछि आवश्यक र सम्भव हुने स्थानमा राजमार्गलाई डेडिकेटेड डब्बल लेनमा स्तर उन्नती गरिनेमा जोड दिए। प्रधानमन्त्री दाहालले मदन भण्डारी प्राविधि विश्वविद्यालय बनाउने विषयमा पाँचखाल नगरपालिकामा विश्व विद्यालय अनुदान आयोगको सिफारिससम्मको आधारमा भित्र राष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाएको बताए। उनले सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्त रुपमा कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिकरण र बंलादेशका तर्फबाट बंलादेश पावर डेभल्पमेण्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको बताए।  

प्रकाशित: ६ चैत्र २०८० १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App