३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

सिंगो नेपाल नै फिल्म स्टुडियो होः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताएकी छिन्।

बिहीबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाङ्कनका लागि महत्त्वपूर्ण स्थल हो। सिंगो नेपाल नै फिल्म निर्माताहरुका लागि स्टुडियो हो।’ उनले भनिन्।

नेपालका रमणीय प्राकृतिक सम्पदाहरुको सामीप्यमा गरिने छायाङ्कन मात्रै नभई कहिल्यै पराधीन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने उनको भनाइ छ।

मन्त्री शर्माले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्नेमा जोड दिइन्। चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको उनको भनाइ थियो।

‘नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्छ। मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी छ।’ उनले भनिन्।

प्रकाशित: १ चैत्र २०८० १८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App