४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँलै श्रष्ठले भनिन्: साना दलहरु बिना सरकार बन्न असम्भव

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

बुधवारको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्। उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताए। उनले राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ। आन्दोलनको जगमा उभिएर ती प्रश्नहरुको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ। राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ।’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरु बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन्। 

प्रकाशित: ३० फाल्गुन २०८० १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App