७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सशस्त्र प्रहरीको सेवा सुविधा अपर्याप्त छ: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सशस्त्र प्रहरीको सेवा सुविधा अपर्याप्त रहेको बताएका छन्।

शनिबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर-२ छिन्न्मस्ता बाहिनीको २२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रदेशको शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले भने ‘शान्ति सुरक्षामा अहोरात्र खटने सशस्त्र प्रहरीहरूको न्युन्तम सेवा सुविधा समेत उपलब्ध भइरहेको छैन। उपलब्ध पनि पर्याप्त मात्रामा हुँदैन। त्यो अपर्याप्त छ। यस विषयमा संघीय सरकारलाई समेत ध्यानाकर्षण गराउँछौँ।’

यस्तै, सशस्त्र प्रहरी बलका एआइजी चन्द्र प्रसाद गौतमले सङ्गठनलाई इकाई फर्मको अवधारणा लागु गर्नुपर्नेमा जोड दिए।

‘यस बाहिनी तथा मातहतका इकाईहरुले मधेश प्रदेशमा बस्ने नागरिकहरूको सुरक्षाको लागि आपराधिक गतिविधि नियन्त्रणमा, सीमा सुरक्षामा चोरी तस्करी नियन्त्रणमा कौसलता र दक्षता प्रदर्शन गरिरहेका छ।’ उनले भने।

सोही अवसरमा बाहिनीपति दीपेन्द्र शाहले मुख्यालयबाट सशस्त्र प्रहरीद्वारा भएको कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेको थिए।

प्रकाशित: २६ फाल्गुन २०८० २०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App