२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब यो उथलपुथल कति हुन्छ इतिहासले देखाउला: लेखक

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर चरित्र देशका लागि सह्य नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले यस्तो बताएका हुन्।

‘१५ महिनामा तीन पटक गठबन्धन फेरिएको रहेछ। अझै चार वर्ष बाँकी छ।  प्रधानमन्त्री ज्यु यही गतिमा गठबन्धन फेरिरहे पाँच पटक १२ पटक फेरिने रहेछ। पाँच वर्षमा १२ पटक गठबन्धन फेर्ने आफूचाँही प्रधानमन्त्री भइरहने १,’ लेखकले भने, ‘अब यल्लाई जतिसुकै इमानदार कदम हो, जतिसुकै राष्ट्रका लागि हितकर हो, जतिसुकै राष्ट्रप्रेम हो, जतिसुकै देशभक्ति भने पनि। म त भन्दिउँला नेपाली जनता पत्याउँछन् ? जनताले पत्याइदिनुपर्ने ?’

प्रधानमन्त्री दाहालले ‘म जीवित रहँदासम्म उथलपुथल हुन्छ’ भनेको कुरामा लेखकले आपत्ति जनाए।  ‘हजुर जीवित १०० वर्ष हुनुहोला मेरो पनि उमेर हजुरलाई लागोस् किनभने म भन्दा बढी हजुर देशलाई चाहेन नेता हो,’

उनले भने, ‘जहाँसम्म उथलपुथलको कुरा गर्नुभाछ। सबै मान्छेले सबै कुरा बुझिराख्या छन्। अब यो उथलपुथल कति पटक हुन्छ इतिहासले देखाउला।’

प्रकाशित: २४ फाल्गुन २०८० १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App