नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सचेतक रमेश लेखकले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए।
प्रकाशित: २४ फाल्गुन २०८० ११:२२ बिहीबार