१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज पदबहाली गर्दै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए।

उनले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस्।’

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिए। ‘नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला’, उनले भने।

प्रकाशित: २३ फाल्गुन २०८० २३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App