१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। 

प्रदेशसभामा सभामुखसहित माओवादीका ११ सांसद छन्। प्रदेशसभालाई माओवादीले आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।

प्रदेश संसदीय दलका नेता जोगबहादुर महरा र प्रमुख सचेतक ईन्द्रजीत चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद्लाई गराएका छन्।

यसअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरिसकेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८० १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App