२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीका माओवादी मन्त्री बर्खास्त

सत्ता समीकरणमा आएको बदलाव पछि लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट सहभागी दुई मन्त्री बर्खास्त भएका छन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारमा माओवादीबाट सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।

माओवादीबाट अर्थमन्त्री बनेका धनबहादुर मास्की र खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्री बनेकी कृष्णा केसीलाई मुख्यमन्त्री चौधरीले बर्खास्त गरेको उनको सचिवालयले जनाएको छ। यी दुई मन्त्रीले सम्हाल्दै आएका दुई मन्त्रालय मुख्यमन्त्री आफैले राखेका छन्।

दुई मन्त्रीको जिम्मेवारी खोसिएको जानकारी सहितको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष पठाइसकेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०८० १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App