२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने बताइएको छ। सँगै पार्टीको भावी रणनीतिको पनि एजेण्डा छ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेलगत्तै सोमबार सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए। त्यसपछि आज कार्यसम्पादन समितिको बैठक बसेको हो।  

प्रकाशित: २२ फाल्गुन २०८० १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App