१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेद (आ.व.२०७९/०८०)’ पेश गर्नेछन्।

यस्तै उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि छलफल सुरु हुनेछ। 

प्रकाशित: २१ फाल्गुन २०८० ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App