१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रेमिट्यान्स, विदेशी सहयोग र राजस्वले आत्मनिर्भर बन्न सकिन्न : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्स, विदेशी सहयोग र भन्सार राजस्वका भरमा आत्मनिर्भर अर्थतन्त्र नहुने बताएका छन्।

शनिबार रोटरी क्लब अफ पाटनको आयोजनामा ‘समृद्धि र सुशासनका कुरा’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यी तीनवटा कराले पैसा आइहाल्छ र देश चलाउन सकिन्छ भन्ने भ्रममा राज्य पर्न नहुने बताए।

‘यसरी सोचे कहिल्यै आत्मनिर्भर बनाउन्न। स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बनाउनलाई। स्वदेशी पुँजी निर्माण, पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने योजना अघि सार्नुपर्छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘यी तीन काम नगरी विकासको फट्को मार्न सकिन्न।’

विगतमा केही काम भए पनि मुलुकले अपेक्षाकृत फट्को मार्न नसकेको कुरा सत्य रहेको पनि गृहमन्त्री श्रेष्ठले बताए। यही यथास्थिति अझ पनि निरन्तर हुने हो भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि पनि नहुने उनको भनाइ छ। 

‘यथास्थितिको निरन्तरताले फेरि लैजाने त्यतै हो। आजको आवश्यकता भनेको सकारात्मक र गुणात्मक हस्तक्षेपको हो’, उनले भने।

वर्तमान सरकारले यथास्थितिबाट मुलुकलाई बाहिर निकाल्न सुशासन, समृद्धि र सामाजिक न्यायको कुरालाई केन्द्रीय कार्यभारका रुपमा लिएर काम गरिरहेको गृहमन्त्री श्रेष्ठको दाबी छ।

‘यो पूरा गर्न सुशासनका लागि केही काम गरिरहेका छौं। त्यसतर्फ काम गर्न हामी अग्रसर छौं। त्यसकै लागि पहिलो दिन हिसाबकिताब देखाउन नपर्ने गरी गृहमन्त्रीले बाँड्ने रकम बन्द गरे’, उनले भने, ‘त्यसपछि दोस्रो तक्मा बाँड्ने काम बन्द गरेँ।’

प्रकाशित: १९ फाल्गुन २०८० १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App