१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने जानकारी दिए। 

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ।

‘हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ’, प्रवक्ता अर्यालले भने।

यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित थियो। 

प्रदेशसभाका कानुन अधिकृत कुमार रिजालले भोलि दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने जानकारी दिए। कार्यव्यवस्था परामर्श समिति बसेर बैठकको कार्यसूची तय गर्ने उनको भनाइ छ।

प्रकाशित: १५ फाल्गुन २०८० १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App