२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष पद छोड्न नहुँने माओवादी नेताहरुको धारणा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन्।

मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन्।

राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ। तर माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। त्यसैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ। प्रवक्ता सापकोटाका अनुसार बैठकमा काँग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धि धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिए।

प्रवक्ता सापकोटाले भने, ‘हामीले प्रस्तुत सबै एजेण्डाहरुको बारेमा वृहत छलफल गर्‍यौं। तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन। निर्णय भइसकेको छैन। छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रश्तुत गरिसकेको छु। सबभन्दा मुख्य चाहीँ कार्य विभाजनको विषय थियो। पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढि छलफल भयो । यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो। र त्यस सम्बन्धमा चाहीँ अन्तिम निर्णय भोलि हुन्छ। अधिकांशले चाहीँ राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ। हालै सम्पन्न नेपाली काँग्रेस महासमिति बैठकमा चलेको चर्चाहरुको बारेमा पनि छलफल भयो।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बोलाइएको छ।  

प्रकाशित: १५ फाल्गुन २०८० १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App