१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ : गृहमन्त्री

फाइल तस्बिर।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिने गरी अघि बढाउनुपर्ने बताएका छन्।

सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका छन्। उनले शान्ती प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिने गरी, राष्ट्रमा मेलमिलाप कायम हुने गरी र दिगो शान्ति कायम हुने गरी अघि बढ्नुपर्ने बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ। सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक पारित गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढंगले फेरि पूर्णता दिनुपर्ने छ।’ उनले भने।

मन्त्री श्रेष्ठले सरकारको चाँडै नै प्रहरी समायोजन गर्ने तर प्रहरी समायोजनसँग जोडिएका नेपाल प्रहरी ऐनलाई विधेयकको रुपमा संसद्मा प्रस्तुत गरी प्रहरी समायोजन ऐनलाई संशोधन गर्ने विषय राखेर नेपाल प्रहरी प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण समन्वय ऐन संशोधन विधेयक प्रस्तुत गर्ने बताए।

प्रकाशित: १४ फाल्गुन २०८० १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App