५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भएको उल्लेख गरे। उनले पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकाेमा चिन्ता व्यक्त गरे।

‘सहकारीको महत्त्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्छ’ उनले भने।

अध्यक्ष ओलीले गैर सहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको आरोप लगाए। 

प्रकाशित: ७ फाल्गुन २०८० १८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App