४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन: लामिछाने

फाइल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन्।

राष्ट्रिय गौरवका आयोजना पूरा गराउने उद्देश्यसहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय व्यापी दबाब अभियानको क्रममा लुम्बिनी पुगेका सभापति लामिछानेले गुरुयोजना पूरा भए स्थानीयले रोजगारीको अवसर पाउने जिकिर गरे।

उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा अब ढिला गर्न नहुने सुझाव दिए।

सभापति लामिछानेले भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौँ रुपैयाँको लगानी जोखिममा रहेको बताउँदै रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदल यात्रा गरेको सुनाए।

सात वटै प्रदेशमा रुग्ण तथा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले दबाब अभियान सञ्चालन गरेको उनको भनाइ थियो। 

प्रकाशित: २ फाल्गुन २०८० २२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App