२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधि सभाले शोक प्रश्ताव पारित गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले संविधान सभाका सदस्य समेत रहेका पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै सभामुख देवराज घिमिरेले राखेको शोक प्रश्ताव पारित गरेको हो।

‘नेपाली काँग्रेस पार्टीबाट विक्रम संम्वत २०६४ साल र २०७० सालको संविधान सभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधान सभा सदस्यमा निर्वाचित सदस्य पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असमायिक निधन भएकालेमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ। उक्त शोकलाई पारित गरिदिन हुन अनुरोध गर्दछु।’ सभामुख घिमिरेले भने।

बैठकले स्वर्गीय नेता बुढाथोकीको सम्मान एक मिनेट मौनधारण समेत गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: २४ माघ २०८० १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App