१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

माधव नेपालको अडान: जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन्।

सोमबार काठमाडौंमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपाधेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर समेत गरे।

पार्टीका नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिष्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए।

अध्यक्ष नेपालले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राइट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए।

उनले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरु जान नसक्ने तर्क समेत गरे।

प्रकाशित: १५ माघ २०८० १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App