४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँः नेता कोईराला

फाइल तस्बिर

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।

आईतवार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन्। उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै नेपाली काँग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए। उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए।

उनले भने, ‘नेपाल र चीन नजिकका मित्र हुन्। नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ। चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ। तपाईहरुले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरु अघि बढाउन आवश्यक छ। नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरु धेरै नै उपलब्ध गराएको थियो। नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ।’

प्रकाशित: १४ माघ २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App