१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सभापति लामिछाने भन्छन्: ‘केही हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्र देश बन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘व्यवस्थाका केही हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि’ मात्र देश बन्ने बताएका छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ। चुनाव कहिले ? ८४ मा।’

सभापति लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पनि देश बन्ने बताएका हुन। ‘नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो’, उनले भनेको छन्।

सभापति लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने “सर्वदलीय सहमति“ गरेको दिनदेखि देश बन्ने पनि बताएका छन्। 

‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसद्ले सर्वदलीय प्रतिवद्द्ता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ। त्यसपछि मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा ननचाऔँ। फेस गरौँ, फेस नलुकाऔँ’, उनी लेख्छन्।

प्रकाशित: ११ माघ २०८० ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App