१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका

जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा अवरोध गर्न भन्दै उनीहरू जनकपुर पुगेको र बिहानैदेखि जनकपुरको मुख्य क्षेत्र रामानन्द चोकमा अवरोध सिर्जना गराउन खोजिरहेको बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बजार बन्द गराउन खोज्ने र सरकारी गाडीलाई लक्षित गरी तोडफोड गर्ने तथा राष्ट्रिय सभा निर्वाचनमा अवरोध हुन नदिने भन्दै भेला भएका आम जनता पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताए।

उनका अनुसार पार्टीका आईटी आर्मी संयोजक चन्द्रभुषण साह र मधेश प्रदेशका सह सचिव सुधिर यादवसहित करिब ३०/३५ जना नियन्त्रणमा रहेका छन्। नियन्त्रणमा लिइएका सबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।  

हाल भने रामानन्द चोकको आवातजावत सहज भएको छ।

प्रकाशित: ११ माघ २०८० ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App