१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थेः चन्द्र भण्डारी

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन्।

मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए। उनले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताए। 

उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर  झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताए।

उनले भने, ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरु जो हुनुहुन्छ। म आदर गर्दछु। उहाँहरुले समयमा आफ्नो बेलामा काम गर्नुभयो। तर अहिले मुलुक चलाउन सक्नुभएन। त्यसकारण भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ। हाम्रो नेताहरुको विकासमा बुद्धि पुगेन। हाम्रा विज्ञहरु, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिव राख्ने र  झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिव भयो। राजनीतिक पार्टीहरु आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्नसक्छ। यो देशमा कानूनले काम गर्नसक्छ। यो देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीतिक गरेकाहरु धेरैजसो जेलमा भेटिन्थे।’

प्रकाशित: ९ माघ २०८० ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App