नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल नबनाउने खेल भएको बताएका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले निजगढ विमानस्थल नबनाउने खेल भएको बताएका हुन्।
नेपालले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल पोखरा र भैरहवामा बन्न नसकेका कारण निजगढ विमानस्थलको झनै आवश्यकता रहेको बताए। निजगढ विमानस्थल बनाउन सरकारले तत्काल काम अघि बढाउनु पर्ने उनको भनाइ छ।
प्रकाशित: ९ माघ २०८० ०८:०७ मंगलबार