१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रविको स्पष्टीकरण: मेरो खातामा चेक जम्मा भएको हो, तर पैसा आएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा चेक जम्मा भएको तर पैसा नआएको बताएका छन्।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो खातामा कसैले १ करोड ८० लाखको चेक जम्मा गरेको तर पैसा नआएको बताएका हुन्।

'सन् २०२२ जुन १७ मा रु एक करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी) मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ', बैंकको पत्र देखाउँदै उनले भने।

पत्रकार सम्मेलनमा पूर्व बैंकर एवम् रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गरे। उनले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएको समेत उल्लेख गरे। 

प्रकाशित: ८ माघ २०८० १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App