१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ७ मन्त्रिपरिषद बैठक : विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

धनगढी – प्रदेश नम्बर ७ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ। 

मुख्य मन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले राजनीतिक समितिको नेतृत्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक र पूर्वाधार विकास समितिको नेतृत्व आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह र प्रशासन तथा विधेयक समितिको नेतृत्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिं बोहराले गर्ने निर्णय भएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए। 

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ र कार्य सम्पादन नियमावली २०७४ अनुरुप विषयगत मन्त्रालयले प्राथमिकता तोकेर कार्ययोजना समेत बनाई तत्काल लागु गर्दै जाने निर्णय गरेको छ। 

यस्तै प्रदेश सरकारका भवन र निवास सवारी साधनलगायतको समन्वय, व्यवस्थापन र अनुगमन गर्न भौतिक पूर्वाधार विकासमन्त्रीलाई जिम्मेवारी दिने र प्रदेश सरकारका निकायमा खटिने कर्मचारीको व्यवस्थापन र समन्वय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीलाई र प्रदेशका सहरी क्षेत्रमा सवारी साधनको समुचित व्यवस्थापनमा ध्यान दिन भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य क्षेत्रको अनुगमन सामाजिक विकास मन्त्रीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। 

बैठकले मन्त्रिपरिषद सदस्यका लागि आचार संहिता निर्माण गरेको छ। 

प्रकाशित: १६ फाल्गुन २०७४ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App