१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ सम्म हुने

जनता समाजवादी पार्टी (जसपा) को पहिलो महाधिवेशन यही जेठ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ।

जसपाको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले  महाधिवेशन यही जेठ २७, २८ र २९ गते जनकपुरमा गर्ने निर्णय गरेको हो।

२०७७ वैशाख १२ गते जसपा पार्टी गठन गरिएको थियो। कानुन अनुसार पार्टी गठन भएको ५ वर्ष भित्र महाधिवेशन गरीसक्नु पर्छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवन कालमा एक पटक मात्र महाविधेशनको सामना गरेका छन्। उनको पार्टी स्थापना भए देखि नै पटक पटक जुट्दै फुट्दै आएको छ।

दुई पार्टीबिच एकीकरण भई नयाँ पार्टी गठन भएमा एकीकृत पार्टीले ५ वर्षसम्म महाधिवेशन गर्नु पर्ने कानुनी बाध्यता छ। पार्टी गठन भएको ५ वर्ष नपुग्दै यादवले अर्को पार्टी सँग एकीकरण गरी नयाँ पार्टीको घोषणा गर्ने गर्छन्। नयाँ पार्टी घोषणा हुने बित्तिकै महाधिवेशन गर्ने समय अरु ५ वर्ष धकेलिने गर्छ। त्यसैले यादवले हम्मेसी महाधिवेशनको सामना गर्नु परेको छैन। अब भने उनले दोश्रो पटक महाधिवेशनको सामना गर्न लागेका हुन्।

प्रकाशित: २७ पुस २०८० १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App