१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत

बुधबार देखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठकमा पार्टीका संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले साङ्गठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

यसै गरी बैठकमा विभागीय प्रमुख तथा सात वटै प्रदेशका प्रदेश इन्चार्जहरूले आफ्नो–आफ्नो प्रतिवेदन पेश गरेको जसपाका प्रवक्ता मनिष सुमनले बताए। उनका अनुसार बैठक बिहीबार पनि चल्ने छ। शुक्रबार केन्द्रीय समितिको बैठक बोलाइएको छ।

बुधबार बिहान बैठक सुरु गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठकको कार्यसूची पेश गरेका थिए। जसपाको राजनीतिक समितिमा १सय ३२ तथा केन्द्रीय समितिमा ३सय ४० जना सदस्य छन्।

प्रकाशित: २५ पुस २०८० १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App