२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभा मतभार ५३ र स्थानीय तहको १९

राष्ट्रियसभा निर्वाचन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ।

आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सातवटा प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मतदाता नामावली प्रकाशन भएको जानकारी प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए।

‘आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यतर्फ प्रतिमतदाता मतभार ५३ छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षतर्फ प्रतिमतदाता मतभार १९ कायम भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘यस हिसाबले प्रदेशसभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ गरी कुल ५७ हजार ५५९ मतभार कायम भएको छ।’

उनका अनुसार कोसीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षतर्फ २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन्। सो अनुसार कोसीमा प्रदेशसभा सदस्यको मतभार ४ हजार ९२९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखतर्फको मतभार ५ हजार २०६ गरी १० हजार १३५ मतभार कायम भएको छ।

मधेस प्रदेशमा प्रदेशसभा सदस्यतर्फको १०७ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्।

 जसअनुसार मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५ हजार ६७१ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखतर्फको मतभार ५ हजार ७३ गरी १० हजार ४ब्ःए मतभार कायम भएको छ।

बागमती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्। जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५ हजार ८३० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख तर्फको मतभार ४ हजार ५०६ गरी १० हजार ३३३ मतभार कायम भएको छ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७० गरी २३० मतदाता कायम भएका छन्। जसअनुसार गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ३ हजार १८० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखतर्फको मतभार ३ हजार २३० गरी ६ हजार ४१० मतभार कायम भएको छ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष २१८ गरी जम्मा ३०५ मतदाता कायम भएका छन्।

 जसअनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४ हजार ६११ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखतर्फको मतभार ४ हजार १४२ गरी ८ हजार ७५३ मतभार कायम भएको छ।

त्यस्तै कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका प्रमुख रउपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १५६ गरी १९६ मतदाता कायम भएका छन्। जसअनुसार कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २ हजार १२० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख तर्फको मतभार २ हजार ९६४ गरी ५८४ मतभार कायम भएको छ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १७६ गरी २२८ जना मतदाता कायम भएका छन्। जसअनुसार सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २ हजार ७५६ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखतर्फको मतभार ३ हजार ३४४ गरी ६ हजार १०० कायम भएको छ।

प्रकाशित: २३ पुस २०८० ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App