२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारमा कांग्रेसका १७ भ्रातृ संगठनको आपत्ति

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि माथि पार्टी कार्यालय प्रवेश गर्ने क्रममा भएको अपमानजनक व्यवहारप्रति १७ वटा भ्रातृ संगठनहरूले आपत्ति जनाएका छन्।       

पौष २२ गते सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा नेता निधिमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै भ्रातृ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा कुनै पनि तहका नेता तथा कार्यकर्तामाथि यस्तो व्यवहार नगर्न अपिल गरिएको छ।

यस संयुक्त विज्ञप्तिमा नेपाल महिला संघकी अध्यक्ष उषा राउत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनासहित १७ भ्रातृ संस्थाले संयुक्त विज्ञप्ति निकालेका हुन् । 

 

 

प्रकाशित: २५ पुस २०८२ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App