२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सङ्क्रमणकालीन न्यायलाई देखाउँदै भाग खोज्दै एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमाले सङ्क्रमणकालीन न्यायलाई देखाउँदै सत्ता गठबन्धनका दलहरू बार्गेनिङ सुरु गरेको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू मिलेर अघि बढ्दा चुनाव हुने १९ सिटमा कुनै परिणाम नआउने भएपछि प्रमुख प्रतिपक्षीले बार्गेनिङ सुरु गरेको छ।

संक्रमणकालिन न्याय टुङ्गो लगाउन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय छन्। त्यसलाई कमजोरी ठान्दै एमाले सङ्क्रमणकालीन न्यायसँग राष्ट्रियसभा सदस्यको मोलमोलाइ गरेको हो।

एमाले राष्ट्रिय सभामा हामीलाई जिरो नबनाउन आग्रह गरेको बताउँदै दलीय बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले भने,‘उहाँको प्रस्ताव कडिस्नल छ।’ यसअघि पनि सोही विषयलाई देखाउँदै एमाले संघीय संसदका विषयगत समितिको संख्यामा भाग लिगेको थियो। त्यति मात्र होइन एमालेले सङ्क्रमणकालीन न्यायमा हल अड्काउँदै तीन संसदीय समितिको नेतृत्व आफ्नो पक्षममा पारेका थिए।

तर, एमालेले सो विषयलाई अघि बढाउन नचाहेको प्रधानमन्त्रीले संकेत गरेका थिए। नेपाली कांग्रेसले पुस १६ गते आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले विपक्षी दललाई संसारमा लेखा समिति बाहेक संसदको अन्य समिति दिने प्रचलन नभए पनि मुलुकको विशिष्ट अवस्था भएकाले तीन समिति दिएको धारणा राखेका थिए। तर, सहमति अनुसार एमाले अघि बढ्न तयार नभएको संकेत गर्दै भनेका थिए, ‘कांग्रेसले आयोजना गरेको यो कार्यक्रमले सङ्क्रमणकालीन न्यायसहितका विषय टुंगोमा पुग्न नयाँ आधार हुने विश्वास लिगेको छु।’

प्रकाशित: १८ पुस २०८० १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App