१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं. १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं. ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं. ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: १८ पुस २०८० ०१:१३ बुधबार

रुसी सेना नेपाली नागरिक मृत्यु थप तीन नेपाली रुस–युक्रेन युद्ध परराष्ट्र मन्त्रालय अमृतबहादुर राई स्याङ्जा