१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

श्रीलङ्काका विदेशमन्त्री साब्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री आज नेपाल आउँदै छन्। नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ।

यस्तै संयुक्त आयोगको बैठकको क्रममा विज्ञान, प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ।

भोलि र पर्सि दुई दिन हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलङ्काको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन्।

श्रीलङ्काका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीको चार दिने भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: ४ पुस २०८० ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App