२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अध्यादेश ल्याएर भएपनि संघीयता बलियो बनाउँछौँ: कानूनमन्त्री

नेपाली कांग्रेसका उपसभापति तथा न्याय तथा कानूनमन्त्री धनराज गुरुङले अध्यादेश ल्याएर भएपनि सङ्घीयतालाई बलियो बनाउने बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले संघले निजामती ऐन र प्रहरी ऐन नल्याइदिँदा संघीयता कमजोर बनेको भनेर टिप्पणी गरेपछि त्यसको जवाफ दिँदै संघ सरकारका कानूनमन्त्री गुरुङले भने, ‘ कानून्मन्त्री आफैले ल्याउन मिल्ने भए ४० वटा ऐन होइन, सबै ऐन ल्याई सक्थेँ तर सम्बन्धित मन्त्रालयले ऐनको मस्यौदा बनाएर पेश गर्नुपर्ने विद्यमान अवस्था छ। तर अध्यादेश ल्याएर पनि सङ्घीयतालाई भने बलियो बनाउँछौँ।’

प्रकाशित: ३ पुस २०८० १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App