१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

यातायातमन्त्रीको दाबीः काठमाडौं उपत्यकामा खाल्डाखुल्डी छैनन्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए। तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने उनको भनाइ थियो।

उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको जिकिर गरे।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

प्रकाशित: २ पुस २०८० १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App