१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न दिइँदै

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।

आयोगका अनुसार माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता भएका छन्। उनीहरू सबैलाई निर्वाचनमा भाग लिन आज चुनाव चिह्न दिन लागिएको आयोगले जनाएको छ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ।

फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने बाँकी रहेको एक पदमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

प्रकाशित: १ पुस २०८० ०२:५० आइतबार

निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचन राष्ट्रिय सभा चुनाव चिह्न दल