१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी

धनकुटा- आन्दोलनकारी धनकुटा जिल्लाबासी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा शनिबार पनि निषेधाज्ञा लगाएको छ। शनिबार विहान बजारमा माईकिङ गरेर निषेधाज्ञा लगाएको हो। धनकुटाबासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले बताए। 

शुक्रबार दिनभरी भएको छलफलमा आन्दोलनकारी र स्थानीय प्रशासनले आ–आफ्नो अडान नछाडे धनकुटा तनावग्रस्त बनेको छ। निषेधाज्ञा लगेको क्षेत्रमा पसल र हिँडडुल गर्न दिने स्थानीय प्रशासनले घोषणा गरेपनि आम हड्तालको कारण बजार बन्द रहेको छ।

स्थानीय प्रशासनले शुक्रबार साँझ ५.३० बजे पछि स्कर्टिङमा यातायात चलाउन थाले पनि शानिबार विहानै देखि कोशी राजमार्गमा सवारी साधान चलेका छैनन्।

संघर्ष समितिले आन्दोलन घोषणा

सरकारले निषेधाज्ञा लगाएपनि धनकुटामा प्रादेशिक राजधानी प्राप्तीको आन्दोलन गरिरहेका संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।  संर्घष समितिले शनिबार बिहान ६ बजे देखि साँझ ५ बजे सम्म आम हड्ताल घोषणा गरेका छन्।

धनकुटालाई प्रदेश नं.१ को राजधानी धनकुटालाई बनाउन अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा बसेको संघर्ष समितिको बैठकले धनकुटा बजारमा बिरोध र्‍याली प्रदर्शन गर्ने, बजारका सवै घरमा कालो झण्डा र कालोपट्टी बाँधेर बिरोध जनाउने भएका छन्।

सबै सरकारी कार्यालयहरुलाई दिउँसो १ बजेदेखि २ बजे सम्म काम नगरी ‘पेन डाउन’ गरेर बस्न अनुरोध गर्ने र जिल्लाबासीको नागरिकता संकलन गरेर स्थानीय प्रशासन मार्फत् सरकारलाई बुझाउने निर्णय गरेका छन् । आन्दोलनमा घाईते भएकाहरुको राज्यबाट निःशुल्क उपचारको माग गर्दै समितिले प्रदेश नं. १ का १४ जिल्लामा रहेका माननिय र सरोकारवालाहरु संग छलफल चलाउने र धनकुटालाई सरकारले अस्थाई राजधानी नतोके सम्म धनकुटाका सांसदलाई सफथ ग्रहण नगर्न अनुरोध गर्ने पनि निर्णय गरेको संयोजक श्रेष्ठले बताए।

 

प्रकाशित: ६ माघ २०७४ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App