२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एनसेलविरुद्ध अमरेशको मुद्दामा आज पनि पालो आएन

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन आज सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको रिट निवेदन इजलासमा रहेको मुद्दाका पेशी धेरै भएकाले नभ्याइनेमा परेको हो। अन्तिम दोस्रो नम्बरमा परेको एनसेलविरुद्धको रिट निवेदनसहित  न्यायाधीश शर्माको इजलासमा २६ थान मुद्दा थिए। इजलासमा परेकामध्ये १३ थान मुद्दा मात्रै हेर्न भ्याएकाले बाँकी १३ वटा हेर्न नभ्याइनेमा परेका हुन्।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट निवेदन सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो। 

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै यता प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन्। सांसद सिंहले संसदको लोगो फुकालेर आफै बहस गर्ने बताइसकेका छन्।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।

रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए।

प्रकाशित: २५ मंसिर २०८० ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App