१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गगनको प्रश्नः काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन्। 

आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताए। उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए। काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै उनले प्रश्न गरे।

उनले भने, ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई ¥यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समयअघिसम्म एउटा काण्ड जताततै थियो। सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो। अब यो केही दिन यही चल्छ। यो सेलाउन पाएको छैन, अर्को आउँछ। यो काण्ड कुशासनसँग जोडिएको छ। कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौँ। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्। यति धेरै काण्डहरु किन भइरहेको छन्? जरामा के छ? समस्या कहाँनेर छ? के कारणले गर्दा आएको छ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ।’

प्रकाशित: २४ मंसिर २०८० १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App