१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

उपप्रधानमन्त्री एव् रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भइ आज  स्वदेश फर्किएका छन्।

यही मङ्सिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गदैै सम्मेलनमा सहभागी भएका हुन।टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो।

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल भइ हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रहरुको तर्फबाट यस कार्यमा सहयोगसम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो। सम्मेलनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिएको थियो।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र संघका विभिन्न शान्ति मिसनहरुमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिँदै आएको छ। हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली शान्ति सैनिक कार्यरत छन्।अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ। हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न शान्ति मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेको र ६६ जना घाइते भएका छन्।

सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघले विशेष महत्व दिँदै सराहना गरेको थियो।सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको सुधार प्रयासमा नेपाल सधै सकारातमक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिकहरु सदैव संवेदनशिल रहँदै आएको  बताएका थिए। 

साथै नेपाल सरकारले संयुक्त राष्ट्र संघको आह्वानमा बिना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको  भनाइ थियो।नेपाली शान्ति सैनिकहरु अनुशासन एवम् कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुव्र्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अबलम्बन गर्र्दै आएको पनि जानकारी गराएका थिए।उपप्रधानमन्त्री खड्का मंसिर १७ गते राति घाना गएका थिए। 

प्रकाशित: २४ मंसिर २०८० ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App