२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छः नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए। कम्युनिष्ट पार्टीहरुसँग काँग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने उनको भनाइ छ। उनले देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए। गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्ने कुरामा सोच्न जरुरी रहेको उनको भनाइ छ।

उनले भने, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ। तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने? त्यसमा ध्यान दिनुपर्छ। हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो? यो गम्भीर विषय छ। यो विषयलाई नेपाली काँग्रेसले गम्भीरताका साथ लिएको छ। नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकाले डेमोक्रेटिक पार्टीहरुसँग मात्रै गठबन्धन गरेर अघि जानसक्छाँै। कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ। यो देशकै लागि डरलाग्दो विषय हो। देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस्। नेपाली काँग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हाँै। पपुलिजममा हामी धेरै गइरहेको देख्छु म। सामाजिक सञ्जालहरुमा हेर्नुस्, न्युज पढ्नुस्। हामी लोकरिझाईंमा बढी गइरहेका छौँ।’

प्रकाशित: २२ मंसिर २०८० १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App