१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गाउँपालिका बन्द उल्लंघन गरेको भन्दै तोडफोड

गोरखा- गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र स्थानान्तरणको बिरोधमा उत्रिएका बगुवाका स्थानीयले बन्द उल्लंघन गरेको भन्दै सवारी साधन तोडफोड गरेका छन्। शुक्रवार बन्द आह्वान गरेका त्यहाँका स्थानीयले उलंघन गरेको भन्दै लु ४ त ३६६३ नम्बरको ट्याक्टर र ना १२ प ९०१० नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन्।

त्यस्तै आन्दोलनमा उत्रिएका स्थानीयले मोटरसाइकल चालक यमजि बिकलाइ कुटपिट समेत गरेका छन् । कुटपिटबाट घाइते बिकको घ्याम्पेशाल मेडिकलमा उपचार भएको छ । तोडफोड बाट ट्याक्टरको अगाडीको दुवै साइड लाइट फुटेको छ भने मोटरसाइकलको अगाडीको हेडलाइट फुटेको घ्याम्पेशाल प्रहरी चौकी इन्चार्ज हरि प्रसाद अर्यालले बताए । आन्दोलनकारीहरुले ट्याक्टरमा आगजनी समेत गर्न खाजेका थिए।

भिमसेन गाउँपालिकाको केन्द्र वगुवाबाट घ्याम्पेशाल सार्ने निर्णयको बिरोधमा उनीहरुले शुक्रवार गाउँपालिका बन्द गरेका हुन्। बिहानैदेखि करिव ७० जना स्थानीयहरु बन्द गराउन सडकमा उत्रिएका थिए । बन्दका कारण गोरखा आरुघाट सडक खण्डमा सवारी चल्न सकेका छैनन् । गत कात्तिक १९ गते गाउँपालिकाको बैठकले वगुवामा रहेको भिमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने निर्णय गरेर मन्त्रिपरिषदमा पत्राचार गरेको थियो । आवश्यक सरसल्लाह बिना एकलौटी ढंगल केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीयहरुले बिरोध जनाउदै आएका छन् । सोही क्रममा बिहीवार उनीहरुले गाउँपालिकाको कार्यालयमा तालावन्दी समेत गरेका थिए।

यता गाउँपालिका प्रमुख इश्वर पाण्डेले शुक्रवार गोरखा सदरमुकाममा पत्रकार सम्मलेन गर्दै गाउँपालिका बन्द गराउनु, सर्वसाधारणको काम रोक्नु, अधिकार खोस्नु संविधान बिरोधी काम भएको बताए। उनले गाउँपालिकाको केन्द्रको विषयमा बिवाद झिकेर बिकास रोक्न नहुने, गाउँपालिका बन्द गर्न नहुने भन्दै तत्काल खोल्ने बताएका छन्। मन्त्रिपरिषदले केन्द्रजहाँ राख्न निर्णय गर्छ त्यहाँ नै बसेर जनताको सेवा गर्न तयार रहेको प्रमुख पाण्डेले बताए।

प्रकाशित: २१ पुस २०७४ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App