१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेस प्रदेश : एमाले संसदीय दलको प्रमुख सचेतकमा हरिनारायण महतो नियुक्त

 मधेश प्रदेशमा नेकपा एमालेको संसदीय दलको प्रमुख सचेकमा हरिनरायण महतो नियुक्त भएका छन्।उनलाई संसदीय दलको नेता सरोजकुमार यादवले नियुक्त गरेका हुन्।

आज मंगलवार बसेको संसदीय दलको बैठकको निर्णय अनुसार महतोलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता सरोज यादवले जानकारी दिए। महतो धनुषा क्षेत्र नम्बर ४ को ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

धनुषा निर्वाचन क्षेत्र २ को (क) बाट निर्वाचित लखन दासलाई दलको प्रमुख सचेतकबाट हटाएर मंगलवार दासलाई हटाएर महतोलाई नियुक्त गरेको हो।

एमाले केही दिनअघि धनुषा निर्वाचन क्षेत्र दुईको (ख)मा पार्टीको कार्यक्रम आयोजना गरेका थिए । तर त्यो कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी उम्मेदवार तथा केन्द्रिय सदस्य उमाशंकर अरगरियालाई बोलाइएको थिएन दासलाई प्रमुख सचेतकबाट हटाउन नेता अरगरियाले नै महत्त्वपूर्ण भुमिका खेलेको एमाले स्रोतले जनाए।

लखन दासले धनुषा ४ बाट निर्वाचित सांसद एव एमालेका सचिव रघुविर महासेठलाई धनुषा २ मा बोलाएर गुटबन्दी गर्न खोजेको आरोपमा उनलाई सचेतकबाट हटाइएको एमालेका एक नेताले बताए । यद्यपि संसदीय दलका नेता सरोजले अस्विकार गर्नेछन् ।उनले भने गुटबन्दीमा लागेपछि दासलाई प्रमुख सचेतकबाट हटाएको कुरामा सत्यता नरहेको दावी गरे जिम्मेवारी हेरफेर मात्रै गरेको हो।

प्रकाशित: १२ मंसिर २०८० १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App