१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

तिलौरोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न अन्तिम तयारी

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीले तिलौराकोट दरबारलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न कुनै कसर नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन। सन् १९९६ देखि नै तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृतका लागि प्रक्रिया थालिएको थियो। 

तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृतका लागि मन्त्री किराती सहितको टोलीले शुक्रवार बिहान तिलौराकोट क्षेत्रको भ्रमण र अनुगमन पछि तौलिहवा स्थित होटल तिलौराकोटमा आयोजित तिलौराकोट दरबारलाई विश्व सम्पदा सुचीमा राख्नका लागि बनाइएको दस्तावेजका बिषयमा सरोकारवाला बिचको बैठकमा सो कुरा बताएका हुन। ‘ सरकारले तिलौराकोट दरबारलाई विश्व सम्पदा सुचीमा राख्ने प्रक्रियालाई गौरवको योजनामा राखेको छ ’ उनले भने ‘ दस्ताबेज मन्त्री परिषदबाट पास गर्दछौ , तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउछौ ’ उनले भने। उनले गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी अन्तिम अवस्थामा पुगेको बताए। 

उनले आफूहरू ऐतिहासिक र गौरवमय क्षणमा पुगेको भन्दै यो खबरले आफू भावुक समेत भएको बताए। तिलौराकोटको यो महाअभियान अब सफलता तिर उन्मुख भएको बताए। उनले तिलौराकोटको उत्खननका क्रममा प्राप्त ऐतिहासिक प्रमाणले तिलौराकोट नै राजा शुद्धोदनको राजप्रसाद र  बुद्धको क्रिडास्थल भएको प्रमाणित भएको बताए। तिलौराकोटको विकास अलि ढिलो गरी भएको भन्दै उनले अब आफूहरूकै पालामा यो स्थान विश्व सम्पदा सुचीमा रहनेमा आफू ढुक्क भएको बताए। उनले इतिहास, परम्परा, सम्पदालाई भने जोगाई राख्नु पर्ने उनले बताए। सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेयले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न अब ढिलाइ गर्न नहुने बताए। उनले लुम्बिनी विकासको ऐनलाई वर्तमान परिपेक्षमा परिमार्जित गरी त्यस क्षेत्रका प्रदेश र संघीय सांसदलाई समेत समितिको सदस्यमा राख्नु पर्ने माग गरे। उत्खनन टोली संयोजक वरिष्ठ पुरातत्त्वविद् डाक्टर रबिन कनिङघमले तिलौराकोट दरबार क्षेत्रमा दक्षिण एसिया कै पुरानो भग्नावशेष फेला परेको बताए। तिलौराकोट दरबार र त्यस बाहिर पनि बिभिन्न पुराना संरचनाहरू फेला परेको बताए। 

ईसा पूर्व आठौँ, छैठो र तेस्रो शताब्दी अघिका भग्नावशेषहरू फेला परकोले बताए। उनले तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्दा लामो यात्रा तयार भएको बताए। उनले १० वर्षदेखि भइरहेको उत्खननमा फेला परेको पुरातात्त्विक सामग्री र भग्नावशेष इसा आठौँ शताब्दीसम्मका रहेको पुष्टि भएको बताए।भगवान बुद्धको जन्म साढे २५ सय वर्षअघि भएको इतिहासमा उल्लेख छ।तर त्यसअघि नै भगवान गौतम बुद्धको बाल्यकाल र युवा अवस्था बितेको तिलौराकोटमा गाउँको स्वरूपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको उनी बताउँछन्। सो अवसरमा तिलौराकोटको प्रारम्भिक मनोनयन दस्ताबेज बनाउने काम गरिरहेको अस्ट्रेलियाका सम्पदा विज्ञ डंकन मार्सलले तयार भएको दस्ताबेजका बिषयमा जानकारी गराएका थिए। कार्यक्रममा राज्यमन्त्री सुशीला नेपाली ठकुरी, सचिव भरतमणि सुबेदी, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, बुद्धुभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, पुरातत्त्व विभागकी निर्देशक सुभांगी प्रधानले तिलौराकोटको बिषयमा सबै सरोकारवालाले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले तिलौराकाट विश्व सम्पदा सुचीमा सुचीकृत हुने कुरा गौरवको कुरा भएको बताए। तीन वटा बुद्धको जन्म थलो रहेको प्राचीन कपिलवस्तुमा यसले विश्वभरि नै राम्रो सन्देश जाने बताए। यस अघि कपिलवस्तुका लुम्बिनी सहित ४ स्थल विश्व सम्पदा सुचीमा सुचीकृत छन। 

यसअघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रियाअनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा दर्ता गरिएको थियो। कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईले दोस्रो चरणको मनोनयन दस्ताबेजको कामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको बताए। सन २०२४ को जुलाई र अगस्टमा अन्तिम दस्ताबेज युनेस्कोमा पेश गर्ने योजना छ। संवत् २०२६ देखि २०२६ सम्म तिलौराकोट विश्व सम्पदामा सुचीकृत हुनेछ। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम तयारीको लागि शुक्रवार तिलौराकोटमा संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराँती, संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, प्रोफेसर रोब्लन कोनिंघम, कोषप्रसाद आचार्य, नेपाल सरकारका सचिवसहितको अन्य अधिकारीहरूले तिलौराकोट दरबार क्षेत्रको भ्रमण गरेका थिए। निरीक्षणको त्रममा तिलौराकोटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको समेत सहभागिता थियो।

प्रकाशित: ८ मंसिर २०८० १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App