१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले पोलिटब्युरो वामदेव गाैतम निवासमा बस्ने, पार्टी एकीकरण मुख्य एजेन्डा

फाइल तस्विर

काठमाडौं— नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलमा मुख्य सूत्रधारको भूमिका निर्वाह गरेका एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा एमाले पोलिट्ब्युरो बैठक बस्ने तयारी भएको छ। बैठकमा माअाेवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे छलफल हुनेछ।

माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेर जाने विषय बैठकको एजेन्डा छ’, उनले नागरिकन्युजसँग भने, ‘चुनाबको समीक्षा र पार्टी एकीकरणबारे छलफल हुनेछ।'

बिहीबार लागि तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो। शुक्रबार गौतम निवासमा बैठक बस्ने एमाले पार्टी कार्यालय सचवि कृष्णगोपाल श्रेष्ठले बताए। ‘माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेर जाने विषय बैठकको एजेन्डा छ’, उनले नागरिकन्युजसँग भने, ‘चुनाबको समीक्षा र पार्टी एकीकरणबारे छलफल हुनेछ।'

यसअघि माओवादी केन्द्रको हेटक्वार्टर बैठक बसेर एकीकरणलाई अघि बढाउने निर्णय गरिसकेको छ। एकीकरण गर्न पार्टीले के नीति लिन्छ भन्ने पर्खाइ कार्यकर्तामा भइरहँदा एमालेले पोलिट्ब्युरो डोकेको हो। बैठक शुक्रबार १ बजे गौतम निवास भैँसेपाटीमा हुनेछ।

एमाले–माओवादी गठबन्धनले मुलकभरि राम्रो नजिता ल्याएको थियो। पार्टी एकीकरणका मुख्य सुत्रकार गौतम भने बर्दिया–१ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए।

प्रकाशित: ६ पुस २०७४ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App